सामुदायिक अस्पतालको शिविरमा ६ सय ७५ जनाले लिए सेवा | Khabarhub Khabarhub

सामुदायिक अस्पतालको शिविरमा ६ सय ७५ जनाले लिए सेवा


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका १०  धुसेनीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन्।

सुन्दरबजार नगरपालिकास्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएको हो।

स्वास्थ्य शिविरमा महिला रोग सम्बन्धी स्वास्थ्य परीक्षण, छाला रोग, दन्त रोगसम्बन्धी परीक्षण, ल्याव परीक्षण, मनोविमर्श सेवा, भिडियो एक्स रे सेवा, जनरल परीक्षण गरिनुको साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको एचडिसिएस नमूना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए।

शिविरमा स्वास्थ्य शाखा सुन्दरबजारको आयोजनामा सोही अवसरमा एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर खस्ने समस्या तथा अन्य महिला रोग सम्बन्धी समस्याको उपचार सेवा दिइएको सुन्दरबजार स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले जानकारी दिए।

शिविरबाट १ सय २० जना पुरुष, ५ सय ५५ जना महिला गरी ६ सय ७५ जनाले सेवा लिएको बताइएको छ। सेवा लिने मध्ये ९८ जनाले दन्त परीक्षण, ८७ जनाले यूएसजी, १ सय २४ जनाले रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा ६५ जनाको ल्याव परीक्षण गरिएको थियो।

एचडिसिएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार शिविरमा २५ जनाको बिग्रिएका दाँत उखेलिएको, ८ जनाको छाला रोग सम्बन्धी र ८ जनाको पाठेघर खसेको समस्याको उपचार गरिएको थियो।

यसअघि वेसीशहरस्थित एचडिसिएस जिल्ला अस्पताल सरहको सेवा दिने उद्देश्यले नमूना सामुदायिक अस्पताल एचडिसिएसले सञ्चालन गरिरहेको छ। हाल एचडिसिएस नमूना सामुदायिक अस्पतालमा गुणस्तरीय सेवा सुरु भएको भन्दै छिमेकी पालिकाका व्यक्तिहरु उपचारको लागि आउने क्रम बढ्दै गएको छ।

अस्पतालले आफ्नो सेवाबारे जानकारी दिनुको साथै गाउँका सर्वसाधारणलाई गाउँमै सेवा दिने उद्देश्यले शिविर सञ्चालनको कार्य थालेको बताइएको छ। सुन्दरबजार नगरपालिकाका केही स्थान, तनहुँको भानु नगरपालिका, लमजुङको दोर्दी र राईनास नगरपालिका लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन पश्चात् अस्पतालबाट थप सेवा दिने लक्ष्य रहेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिएका छन्।

एचडिसिएस नमूना सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीका अनुसार अस्पतालमा अव विशेषज्ञ डक्टर सहित गुणस्तरीय सेवा दिने क्रम सुरु भएको बताएका छन्।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले नमूना सामुदायिक अस्पताल एचडिसिएसले सञ्चालन गर्न थालेपछि अव सुन्दरबजारबासी मात्र नभएर छिमेकी जिल्ला र पालिकाका सर्वसाधारणले स्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।

गाउँमा स्वास्थ्य शिविर राखिएपछि सर्वसाधारणले गाउँमै उपचार सेवा पाएको सुन्दबजार नगरपालिका १० का वडाअध्यक्ष दिपकराज ढकालले बताए।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ७ : २२ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको