यी नेताबाट देश बन्दैन « Khabarhub

यी नेताबाट देश बन्दैन

प्रचण्डले ओलीको आदेश मानेर सत्ता चलाउनु पर्छ


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सरकार निर्माण भइरहँदा सरकारले निकै चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने स्थिति बनेको छ। देशमा अहिले देखिएको समस्यालाई मिलाउन सरकारले थुप्रै दलको समर्थन पाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थुप्रै राजनीतिक दलको समर्थन पाए पनि तत्काल विश्वासको मत नलिने सोच बनाएका छन्। यसभित्र राजनीतिका विभिन्न अर्थ लुकेका हुनसक्छन्। नेपाली कांग्रेस प्रतिपक्षमा बसिरहँदा र अहिले सरकारले भागबन्डा गरेको कतिपय मन्त्रायलमा नयाँ राजनीतिक दललाई किन स्थान दिइयो ? यी र यस्ता विभिन्न सवाल उठेका छन्। यसै विषयमा आधारित भएर राजनीतिक विश्लेषक कल्याण देव भट्टराईसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको राजनीतिमा कति बेलो के हुन्छ कसैलाई थाहा नहुने भयो, एउटासँग गठबन्धन गरेर चुनावमा गएको दल अर्कोसँग मिलेर सरकार बनाउने अवस्था कसरी सिर्जना भयो ?
यो अनैतिक र अराजनीतिक तरिका हो। गठबन्धनमा लागेका सबै दलको मत पाएका थिए। त्यसमा कांग्रेस र माओवादीको मात्र मत थिएन। यहाँ स्वार्थको राजनीति भयो। प्रचण्डलाई पद पाउनु थियो त्यसैले जता पाउनु भयो त्यतै जानुभयो। नेपालमा आजसम्म जे पनि बोल्ने र जे पनि गर्ने नेता मात्र भए। हिजो मैले के भने र आज मैले के गरेँ भनेर सोच्नसक्ने नेता छैनन्। अहिलेका नेताहरुले बोलेको कुरा एउटा ट्वाइलेट पेपर जस्तै भएको छ।

नेपालको राजनीतिमा यो खेल खेल्ने खेलाडी चाहिँ को बन्यो त ?
नेपालमा राजनीतिज्ञ नै छैनन्। सबै सत्ताका खेलाडी हुन्। राजनीतिलाई नेताहरूले ठगनीति बनाएपछि प्रचण्डले विश्वासको मत पाउनेमा पनि शंका छ। अहिले राजनीति गर्ने मात्र छन्। दुई वर्ष म खान्छु र भोलि तेरो पालो भन्ने मात्र छन्।

सबैलाई प्रधानमन्त्री मात्र चाहिने हो ?
२०४६ सालदेखि नै हेर्ने हो भने केही राम्रो काम भएको छ र सबै सत्ताको लागि नै मरिहत्ते गरेका छन्। पञ्चायत कालमा बरु राणाले राजमार्ग बनाए। तर यी नेताले के गरे ? पैसाको लोभ मात्र गरे। यो त साधारण मान्छेले पनि अब हाम्रा नेता ठग नै रहेछन् भन्ने थाहा पाइसकेका छन्।

अब नयाँ दल आए, पुराना दल सच्चिएलान कि ?
सच्चिने त ठाउँ नै देख्दिन। बरु यिनीहरूले नयाँलाई नै आफैतिर तान्छन्। अहिले प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण भनेको उसको २० सिट पाउनु हो। केपी ओलीले कुन हदसम्म बेवकुफ बनाउने हुन् अनुमान गर्न सकिँदैन। लामिछानेलाई ओली र प्रचण्ड दुवै मिलेर ल्याएका हुन्। सबैलाई सत्ताको स्वाद चखाउने ध्यानमा नेता लागेको देखिन्छ। अहिले लामिछानेलाई बनाएको उसको क्षमताको लागि होइन, यो त सत्ता र संख्याको लागि ठूला नेताहरूले ल्याएका हुन्।

विश्वासको मतको विषयमा यो सरकारलाई शंका गर्नु सही हो त ?
ओलीलाई हेरेर शंका गर्न सुहाउँछ। राजनीतिको नाममा नेताले नागरिकलाई ठगेका छन्। एउटासँग गठबन्धन गरेर चुनावमा गएर पद पाउने बेला प्रतिगामी भनेको पार्टीसँग मिल्नुलाई हामीले कसरी बुझ्ने ? त्यसैले यी नेताबाट भविष्य राम्रो छैन।

यो अवस्थालाई कांगेसले कसरी हेरेको छ ?
यसलाई कांग्रेसले तत्काल भएको निर्णयको रूपमा लिएको होला। एमाले र माओवादी बीचको कुरा हेर्दा सजिलै मिल्न जस्तो थिएन। त्यही सोच्यो होला कांग्रेसले। ओलीलाई त गठबन्धन तोड्नु थियो। देउवा र प्रचण्डलाई छुटाउनु थियो। त्यसमा उनी सफल भए। प्रचण्डलाई प्रधानमन्त्री दिनु ओलीको लागि अनौठो भएन।

ओलीले नै गर्दा गठबन्धन टुटेको हो, बाहिरी शक्तिको हात छैन ?
मुख्य कुरा ओलीले नै गर्दा हो। बाहिरका नेता यस्तो हदसम्म पुग्दैनन्। त्यसैले हामीले बाहिरको हात होला भनेर धेरै सोच्नु हुँदैन। गधा गधा नै हो, गाई गाई नै हो। नेपालका नेता गधा भन्दा कम छैनन्। आफ्नै प्रश्न प्रतिप्रश्न भएर आउँदा प्रचण्डले उत्तर दिनु हुन्न।

के कारणले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छोडेन ?
कांग्रेसको अडान भन्दा पनि यो देउवाको व्यक्तिवादी अडान हो। उहाँ भाग्यवादी भएर ज्योतिषलाई विश्वास गरेर बस्नुभयो। म नै ६ पटक सात पटक प्रधानमन्त्री बन्नुपर्छ भन्ने लाग्यो। देउवाले अब पार्टीको जिम्मेवारीबाट राजीनामा दिए हुन्छ। नत्र गलहत्याएर फाल्ने स्थिति आउने छ।

अहिलेको शक्ति बाँडफाँडको कस्तो अवस्था छ त ?
यसमा ओलीको कुरा के हो त्यसमा भर पर्दछ। उसले जसलाई राष्ट्रपति बनाउँछु भन्छन् त्यो नै हुन्छ। अब सत्ताको तालाचाबी ओलीसँग नै छ। प्रचण्डले अब ओलीको आदेश मानेर राज्य सत्ता चलाउनु पर्दछ। प्रचण्डले राम्रो काम गर्लान् भन्ने छैन। देशको विकास गर्न कुनै चुनौती छैन। यो देशको विकास गर्छु भन्ने नियत छ भने जसरी पछि गर्न सक्छन्। नियम बनाउन सक्छन्। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच