उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित « Khabarhub

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्। किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन्।

यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए। विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरी बताउँछन्।

“अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ”, उनले भने। जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा अहिले झण्डै दुई सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ। ताप्ली क्षेत्रमा मात्रै एक सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञानकेन्द्रका प्रमुख महेश चौधरी बताउँछन्। “सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ”, उनले भने।

ताप्लीकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झण्डै दुई हजार चार सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहेको बताउँछन्। “अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ। गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ”, उनले भने।

ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउँछन्। कृषि ज्ञानकेन्द्रका  उदयपुरका अनुसार रौतामाई र लिम्चुङबुङ  गाउँपालिकामा समेत सुन्तला खेती विस्तार गरिँदैछ। रौताको नामेटार, आपटार, बोलुङखा र सल्ले, पाँबु उदयपुरगढी गाउँपालिकाको डुम्रे र उदयपुरगढी तथा लिम्चुङबुङको बाँसबोटे, बलाम्ता, बराह, ताम्लिछा,  लाफासहितका क्षेत्रमा व्यापक सुन्तला खेती विस्तार गर्दै लगिएको छ। यहाँ सुन्तला प्रतिकिलो रु ८० देखि रु एक सयसम्ममा बिक्री हुने गरेको छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : ०५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको