सट्टाबाजी खेलाएको आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

सट्टाबाजी खेलाएको आरोपमा ४ जना पक्राउ


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन भोटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १२ : ३६ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान