सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा | Khabarhub Khabarhub

सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदै छ।

काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ।

बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ।

आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन्। सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ।

यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ। बहस सकिएपछि इजलासले आदेश दिनेछ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १२ : ४५ बजे

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको