नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी « Khabarhub

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि-ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । 

जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । 

त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक-एक विकेट लिए । यससँगै चार खेल खेलेको विराटनगरले दुई खेलमा जित हात पार्दै चार अंक जोडेको छ । विराटनगर अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै पाँच खेल खेलको पोखरा भने पाँचैँ खेलमा हार बेहोर्दै अङ्कताकिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी अल स्टार अपराजित रहँदै आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । काठमाडौँ नाइट्सले तीन खेलमा दुई जित हात पार्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी जनकपुर रोयल्स तीन खेलमा दुई जित हात पार्दै नेटरनरेटका आधारमा चौँथो तथा फार वेस्ट युनाइटेड पाँचौँ स्थानमा छ । तीन खेल खेलेको फार वेस्टले एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ । 

प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख हात पार्नेछन् ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  २ : ०२ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई