सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिराहा– सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका-५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

सोही गाउँपालिका-५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच लाख रुपैयाँ बराबरको एक सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा पाँच लाख ५० हजार रुपैयाँ बराबरको एक सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका-३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुंगा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु