आम्दानीको स्रोत बन्दै च्याउखेती « Khabarhub

आम्दानीको स्रोत बन्दै च्याउखेती


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

घोराही– घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् । 

छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक १० देखि १२ लाखको च्याउ उत्पादन गर्दै आएका छन् । तत्कालीन समयमा उनले दुई हजार पाँच सय सय मात्रै लगानी गरेका थिए । ‘विगत १७ वर्षदेखि म निरन्तररूपमा यही पेसामा छु’, उनले भने, यसबाट राम्रो आम्दानी भएको छ ।’ करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । 

उनले दैनिक करिब ४०-५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उनको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अर्ग्यानिक च्याउ उत्पादन गर्ने गरेको बताए।  च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे । 

चौधरीले काठमाडौँको कालिमाटीबाट च्याउको बिउ ल्याउँछन् । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उनले बताए। च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गरेको चौधरीले बताए। 

‘च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भने ‘च्याउ प्रतिकेजी एक ९० देखि दुई सयसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।’ 

उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण एक लाख बरावरको घाटा ब्यहोर्नुपरेको उनको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउँछन्। अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : २७ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक