बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र « Khabarhub

बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेनी– बेनी–जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्ने गरी निर्माणकार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बेनी-जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो । विभागसँग बिओकेआई-हिमालयन जेभीलेसँग भ्याटसहित रु आठ करोड ३० लाखमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणकार्यलाई तीव्रता दिएको छ । योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जीनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमितरूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताए ।

निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएका पाइएको उनले बताए। वर्षात्का समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उनको भनाइ छ ।

अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने, वारिपारिका दुईवटा र बीचको गरी तीनवटा पिलर उठाइसकिएको इञ्जीनियर रिजालले जानकारी दिए । उनका अनुसार अबको एक हप्ताभित्र पिलरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्ने गरी काम अगाडि बढाइएको इञ्जीनियर रिजालले जानकारी दिए ।

आगामी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख गरिए पनि बेगखोलामा वर्षात्का समयमा सवारीसाधन वारपार गर्न निकै दुःख र सास्ती भोग्नुपरेकाले छिटो पुल निर्माण गर्न कार्यालय जुटेको जनाइएको छ । विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेको बेलिब्रिज र झोलुङ्गे पुलसहित बस्ती नै बाढीले बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले वर्षात्का समयमा आउने बाढीका कारण विगत छ वर्षदेखि सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : ३३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु