कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित « Khabarhub

कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।

मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् ।

धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुन् । दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताएका छन् । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ४ : ४६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी