सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो । कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । तर, सेवा सुरु भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने ।

गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको उनले बताए ।

मस्तिष्कघातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ५ : २१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै

आज २०८० साल मंसिर २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २४ गते आइतबार। ज्योतिष

आर्यन, पल र प्रदीप एउटै फिल्ममा

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ