मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह « Khabarhub

मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए । 

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ । 

तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ । 

नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन । छिमेकी मुलुक भारत र चीन

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ७ : ३४ बजे

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ–  चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन

एकीकृत परिवार योजना शिविर: सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौं– पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने