वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला | Khabarhub Khabarhub

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।

कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन ।

आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ । आक्रमणको यो शृङ्खला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाई हमलालाई व्यापक बनाएको हो ।

रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किएभको हवाई रक्षा प्रणााली सक्रिय पारिएको छ । शहरमा विष्फोटका आवाज सुनिएका छन् । एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । राजधानीका प्रमुखले बिजुली बन्द हुने चेतावनी दिँदै पानी भण्डारण गर्न तथा विद्युतीय उपकरण ‘चार्ज’ गर्न आग्रह गरेका छन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शीतकालीन बिदामा रुसले क्षेप्यास्त्र आक्रमण गरेकामा त्यसको निन्दा गर्दै त्यसलाई रुसी ‘मूर्खता र बर्बरता’ भनेका छन् । मस्कोले युद्ध अपराध गरेको उहाँको आरोप छ ।

युक्रेनी सेनाले देशको उत्तरपूर्वी र दक्षिणमा रुसले कब्जा गरेका क्षेत्र फिर्ता लिएको छ भने औद्योगिक डोनबास क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको छ । युक्रेनलाई वार्ताका लागि बाध्य पार्न मस्कोले उसका ऊर्जा संरचना र अन्य प्रमुख भौतिक पूर्वाधारलाई लक्ष्यित गरी आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ११ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा