वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला « Khabarhub

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।

कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन ।

आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ । आक्रमणको यो शृङ्खला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाई हमलालाई व्यापक बनाएको हो ।

रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किएभको हवाई रक्षा प्रणााली सक्रिय पारिएको छ । शहरमा विष्फोटका आवाज सुनिएका छन् । एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । राजधानीका प्रमुखले बिजुली बन्द हुने चेतावनी दिँदै पानी भण्डारण गर्न तथा विद्युतीय उपकरण ‘चार्ज’ गर्न आग्रह गरेका छन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शीतकालीन बिदामा रुसले क्षेप्यास्त्र आक्रमण गरेकामा त्यसको निन्दा गर्दै त्यसलाई रुसी ‘मूर्खता र बर्बरता’ भनेका छन् । मस्कोले युद्ध अपराध गरेको उहाँको आरोप छ ।

युक्रेनी सेनाले देशको उत्तरपूर्वी र दक्षिणमा रुसले कब्जा गरेका क्षेत्र फिर्ता लिएको छ भने औद्योगिक डोनबास क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको छ । युक्रेनलाई वार्ताका लागि बाध्य पार्न मस्कोले उसका ऊर्जा संरचना र अन्य प्रमुख भौतिक पूर्वाधारलाई लक्ष्यित गरी आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ११ बजे

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर

एक हप्ताअघि बेपत्ता भएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो

सप्तरी – एकहप्ता अगाडि बेपता भएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५