नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण « Khabarhub

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेकाे नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो ।

सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख लामाले अनुदान पाउने कृषक, फार्म र सहकारी संस्थालाई कृषि उत्पादनका क्षेत्रमा अझ थप उदाहरणीय काम गरेर देखाउन आग्रह गरे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले राम्रो उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताए। नगरपालिकाको कृषि समितिका संयोजकसमेत रहेका वडा नं ३ का वडाध्यक्ष रमेश तिवारीले नगरपालिकाले कृषकलाई प्रत्यक्षरुपमा लाभान्वित र प्रोत्साहित हुने खालको विभिन्न कार्यक्रम तय गरिएको बताए ।

कृषि शाखाका प्राविधिक सहायक नवीन अधिकारीका अनुसार परियोजनाअन्तर्गत वडा नं २, ५ र ८ मा बाँसको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये परियोजना सुहाउँदो हावापानी, भूगोल र खेती गर्ने कृषकलाई छनोट गरेर सामग्री वितरण गरेको कृषि शाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : १३ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी