राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग | Khabarhub Khabarhub

राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा’ कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि उत्पीडित समुदायको नीति निर्माण तहमा समान सहभागिता हुुनुपर्नेमा जोड दिए।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक विकाससँगै मुक्तिका निम्ति भएका ऐन/कानूनको कार्यान्वयनसँगै थप उपलब्धिका निम्ति सङ्घर्ष गर्नुपर्ने बताए।

समाजकल्याण परिषद्का सदस्य आस्था केसीले दलित समुदायको मुद्दाप्रति मुख्यतः सरकार नै गम्भीर हुनुपर्ने धारणा राखे । जेएमसीका अध्यक्ष कमला विश्वकर्माले कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका सबै तहमा दलित समुदायको समान सहभागिताका लागि नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरे ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसद्मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ । प्रतिनिधिसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको मात्रै सहभागिता कमजोर देखिन्छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् । कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि उपेक्षामा रहेको अध्यक्ष विश्वकर्माको भनाइ छ ।

संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना (आठ दशमलव प्रतिशत), २०७० मा ४१ जना (छ दशमलव ८२ प्रतिशत), पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (छ प्रतिशत), दलित समुदायको सहभागिता थियो ।

जेएमसी दलित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चितताका लागि नीति निर्माण, वकालत र शैक्षिक बहस गर्दै सूचनामा पहुँच बढाई दलित तथा सीमान्तकृत समुदायको सशक्तीकरण गर्ने उद्देश्यले सन् २००० मा दलित समुदायका पत्रकारद्वारा स्थापना गरिएको संस्था हो । जेएमसीले विगत लामो समयदेखि विभिन्न सञ्चारमाध्यममार्फत सबैखाले विभेदको विरुद्धमा सशक्तरूपमा आवाज उठाउन दलित र सीमान्तकृत समुदायसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ५० बजे

केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही कम्युनिस्ट

खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ?

काठमाडौं- पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने

यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु (आदेशसहित)

काठमाडौं – उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप

राजसंस्था, हिन्दु राष्ट्र पक्षधर बिच मोर्चा निर्माण आवश्यक: कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम

रायमाझीसहित ९ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

काठमाडौं – उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री