कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली | Khabarhub Khabarhub

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भने, “नेकपा एमाले एकीकरणको मूल आधार वैचारिक हो ।” वामपन्थी आन्दोलनले विगतमा पु¥याएको योगदानका कारण समग्रतामा मुलुकलाई मूलधारमा ल्याएको भट्टराईले बताए । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा सहिद हरि नेपालले देश र जनताका लागि सहादत प्राप्त गरेको उनका भाइ कृष्ण नेपालले जानकारी दिए।

नेपाल सरकारले २०७२ फागुन महिनामा हरि नेपाललाई सहिद घोषणा गरेको थियो । त्यसपछि नेपालको योगदानको कदर भएको सहिद हरि नेपाल प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए। सो कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका सदस्य नवनिर्वाचित सांसद जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेकपा एमालेकी उर्मिला थेवेलाई अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ५९ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय