आहा रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी « Khabarhub

आहा रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – धरान फुटबल क्लब आजदेखि पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लबको आयोजनामा सुरु भएको २२औँ संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले निरास बनाउँदै धरानले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

खेलको पहिलो हाफको पाँचौँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल टोलीको जित निकाल्न पर्याप्त भयो । सहाराका भागवत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरी खेलमा अग्रता बनाएका थिए ।

खेलमा निर्णायक गोलकर्ता बुढाथोकी खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । पहिलो हाफमा एक गोलले पछि परेको सहारा खेलमा फर्कन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा साविक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले ? आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकले आवासीयरूपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : १४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको