एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए।

उनले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताए ।

उनले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिँदै स्थायी कमिटीको बैठकबाट सो विषयमा टुङ्गो लगाइने बताए ।

वर्तमान सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने उनको भनाइ थियो । बैठकमा सहभागी नेतामध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दालाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिएका छन् । भने अधिकांशले वृहत् वाम एकताको पक्षमा क्रियाशील रहन सुझाव दिएका थिए । पार्टीले निरन्तर कार्यकर्तासँग राय सुझाव सल्लाह लिइरहेको र प्राप्त सुझावका आधारमा रणनीति बनाएर आगामी कार्ययोजना तय गर्न लागेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : ५० बजे

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार : राष्ट्र बैङ्क

काठमाडौं– नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा