एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए।

उनले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताए ।

उनले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिँदै स्थायी कमिटीको बैठकबाट सो विषयमा टुङ्गो लगाइने बताए ।

वर्तमान सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने उनको भनाइ थियो । बैठकमा सहभागी नेतामध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दालाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिएका छन् । भने अधिकांशले वृहत् वाम एकताको पक्षमा क्रियाशील रहन सुझाव दिएका थिए । पार्टीले निरन्तर कार्यकर्तासँग राय सुझाव सल्लाह लिइरहेको र प्राप्त सुझावका आधारमा रणनीति बनाएर आगामी कार्ययोजना तय गर्न लागेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : ५० बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष