आज २०७८ माघ १६ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ माघ १६ गते आइतबारको राशिफल


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १६ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

माघ १६ गते आइतबारको राशिफल

मेष : दिन निकै राम्रो छ। विद्याको क्षत्रमा रुची बढ्नेछ। परीक्षाको तयारीमा लागेकाले बनाएको रुटिन अनुसार काम बन्नेछ। शुभचिन्तकहरुसँग भेटको सम्भावना रहेको छ।

वृश : दिन त्यत्ति राम्रो छैन। आफूले रोजेको काममा बाधा विरोध गर्नेहरुको सङ्ख्या संगठन बलियो छ। ख्याल गर्नुपर्ला। पठनपाठनमा रुची हुँदैन। वैदेशिक रोजगारको मामिलामा भने सफलता हात लाग्नेछ।

मिथुन् : राम्रा कामको सुरुवात हुनेछ। व्यापार व्यवसायमा सफलता हात लाग्नेछ। वैदेशिक रोजगारको विषयमा सोचेर मात्र लगानी गर्नुहोला। आफन्तले सहयोग गर्नेछन्। आँटेका काममा पछि नहट्नुहोला।

कर्कट : केही आफ्ना योजना सफल गर्नुछ भने आफूभन्दा ठूलाको आर्शीवाद लिएर मात्र गर्नुहोला। बुवाआमा भएकाले आज्ञा लिएर मात्र अघि बढ्नुहोला।

सिंह : राम्रो अवसरको दिन छ। वैदेशिक रोजगार, व्यापार व्यवसाय, पठनपाठनमा सफलता लिनुछ भने सर्वप्रथम गणेशलाई मनमनै सम्झना गर्नु सफलता हात लाग्नेछ।

कन्या : समग्रमा राम्रो छ। अधुरा काम पनि पूरा गर्न सक्नुहुनेछ। बन्धुबान्धवहरुसँग मित्रता बढ्नेछ। नसोचेका अभिभावकसँग भेटको अवसर छ।

तुला : आज मानसम्मान प्राप्त हुने दिन परेको छ। आफ्ना मनमा हुने अति तर्क, कूतर्क आफै हट्नेछन्। मनमा उत्साह लिनुभयो भने असम्भव पनि सम्भव हुनेछ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन। आफन्तले अपमान गर्ने सम्भावना छ। घरमा झैझगडा, श्रीमान श्रीमतीका बीचमा वैमनश्यता, बन्धुबाट असहयोग, वैदेशिक रोजगारीमा झुठा मानिसले दु:ख दिने सम्भावना छ। सतर्क रहनुहोला।

धनु : दिन शुभ छ। आज लगाएको चिठ्ठा, सेयरमा भएको लगानीमा गुणात्मक रुपले बढ्ने सम्भावना छ। आमाको आज्ञा लिएर अघि बढ्दा सफलता हात लाग्नेछ।

मकर : व्यापार व्यवसायमा सफल। पठनपाठनमा जोशजाँगर बढ्नेछ। निर्माण कार्यमा हात हालेको छ भने राम्रो सल्लाह दिने इष्टमित्र बढ्नेछन्। हिम्मत गर्नुहोस् घाटा हुने छैन।

कुम्भ : सामान्य राम्रो छ। दाजुभाइले सकारात्मक सल्लाह सुझाव दिनेछन्। इष्टदेवको स्मरण गरेर अघि बढे मात्र सफलता हात लाग्नेछ।

मिन : दिन राम्रो देखिँदैन। बहान चलाउँदा होस पूर्वक चलाउनुहोला। ऋण लगानी नगर्नू। कोही कुरा गर्दा साथीहरुले इख बोक्नेछन्। हाँसो ठट्टा गर्दा गलत बुझाई हुनेछ। सतर्कता अपनाउनुहोला।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ०० बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र