यी हुन् सातामा २ पटक यौन सम्बन्ध राख्दा हुने स्वास्थ्य लाभहरू « Khabarhub

यी हुन् सातामा २ पटक यौन सम्बन्ध राख्दा हुने स्वास्थ्य लाभहरू


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन सम्बन्धले शारीरिक सुख मात्र नभई मानसिक रूपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ । सातामा २ पटकसम्म यौन सम्बन्ध राख्दा यसले शारीरिक सुखसँगै शरीरमा विभिन्न स्वास्थ्य लाभ प्रदान गर्दछ ।

यस्तो छ यौन सम्बन्धका सकारात्मक प्रभावहरू

– यौन सम्पर्कका बेला शरीरबाट केही यस्ता हर्मोन बाहिरिन्छन्, जसले शरीरको दुखाई कम गर्न सहयोग गर्छ ।

– आरामको निन्द्राका लागि यौन सम्पर्क लाभदायी हुन्छ । विशेष गरी पुरुषहरू यौन सम्पर्क पछि राम्रोसँग निदाउने गर्छन् ।

– यौन सम्बन्धमा तनावबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रूपमा समेत लिइन्छ ।

– विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका खेल्दछ ।

– सातामा दुई पटकसम्म यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ ।

– यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच सकारात्मक सम्बन्ध हुन्छ । व्यक्तिको वैचारिक सीप वा क्षमतामा समेत यौन सम्बन्धले राम्रो प्रभाव पर्ने गर्छ ।

– मुटुसम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुन्छ । सातामा दुई वा सो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ ।

– प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार वीर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : २२ बजे

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड