यी हुन् जाडोमा बदाम खानुका फाइदाहरू « Khabarhub

यी हुन् जाडोमा बदाम खानुका फाइदाहरू


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बदाम भन्ने बित्तिकै धेरैले जाडोमा सुन्तलासँग घाममा बसेर खाएको कल्पना गर्छन् । पारिलो घाम ताप्दै साथीभाइसँग गफ गर्दै बदाम खानुको मज्जै बेग्लै हुन्छ । तर त्यो भन्दा बढी बदामले स्वास्थ्यमा लाभ पुराउँछ । स्वाद र पौष्टिकताले भरपुर बदाम खाँदा मष्तिस्क तेज हुनुका साथै मुटुलाई पनि लाभ प्रदान गर्छ ।

यस्ता छन् बदाम खानुका फाइदाहरू :

– तौल घटाउँछ
बदाममा फाइबरको मात्रा भरपुर हुने भएकाले बदाम खाँदा छिट्टै भोक लाग्दैन । फलत तौल व्यवस्थापनमा बदामले मद्दत गर्छ ।

– स्मरणशक्तिमा लाभ
बदाममा भिटामन बी ३ पाइन्छ । यसले स्मरणशक्ति बढाउने र तेज बनाउन मद्दत गर्छ ।

– डिप्रेसनमा लाभ
बदाममा हुने ट्राइपटोफन तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनावबाट मुक्त हुन दैनिक बदाम खाँदा लाभ पुग्दछ ।

– गर्भवतीलाई लाभदायी
गर्भमा बढिरहेको बच्चाको विकासको लागि गर्भवती महिलाले बदाम खानु लाभदायी हुन्छ ।

– मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्रेसियमले शरीरमा ब्लड सुगरको तह कायम राख्न मद्दत गर्छ । साथै यसमा पाइने फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

– क्यान्सरको जोखिम कम
बदाममा पाइने आइरन, एन्टिअक्सिडेन्ट, जिंक र फोलेट क्याल्सियमले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि सहयोग गर्छ । साथै यसमा पाइने फाइटोस्टेरो तत्वले ट्युमरलाई नियन्त्रण गर्छ । जसले क्यान्सर हुनबाट जोगाउँछ ।

– मुटु र छालमा लाभ
बदाममा पाइने एन्टि अक्सिडेन्ट र खनिज तत्वले हार्ट स्ट्रोक वा मुटुसम्बन्धी रोगबाट बचाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेल निकालेर छालालाई नरम बनाउँछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ३२ बजे

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

काठमाडौं– नेपालको भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी

पाकिस्तानको बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु

क्वेटा– पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौं– खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७

सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौं– सुकुम्वासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का

महेश बस्नेतको तर्क : पार्टी नेतृत्वको रक्षा गर्ने बेला ओलीलाई हटाउन खोज्नु गैरजिम्मेवार र आपराधिक मानसिकता

काठमाडौं- शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै