गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर « Khabarhub

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् ।

बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।

‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,’ राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

३३ वर्षीय ब्रिटिस बक्सिङ खेलाडी जोन राइडरले उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्। उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छ्न् ।

लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केबाजी हुनेछ । त्यसका लागि टिकट तोकिएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै