इथोपीयाका दर्दनाक दृश्य | Khabarhub Khabarhub

इथोपीयाका दर्दनाक दृश्य


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गृहयुद्धको चपेटमा पर्नुका साथै चरम भोकमरीको मारमा परेको इथोपीयाको एक दर्दनाक समाचार प्रकाशमा आएको छ।

युद्धले प्रभावित टिग्रे प्रान्तमा चिकित्सक नै भोकमरीको समस्यामा परे पछि भोक भोकै पर्ने अवस्थामा पुगेका छन्। छाक टार्नकै लागी उनीहरू अहिले मागेर बसेका छन्।

त्यहाँका एक चिकित्सकका अनुसार लगातार ८ महिनादेखि तलब नपाएका उनीहरूलाई परिवार पाल्नका लागि अर्को पेसा रोज्न भनिएको छ।

टिग्रेमा भोकमरीको समस्यामा पर्नेको सङ्ख्या प्रत्येक दिन बढ्दै गएपछि यसमा चिकित्सक पनि थपिएको संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कमासमेत उल्लेख छ। राष्ट्र सङ्घकै अनुसार त्यहाँ २२ लाख मानिस खाने कुराको अभावमा तड्पिएका छन्।

राष्ट्र सङ्घ अन्तरगतको विश्व खाद्य परियोजना (डब्लुएफपी) का अनुसार यसरी भोकमरीमा पर्ने मध्यका आधा गर्भवती र बच्चालाई स्तनपान गराउने महिला छन्।

डब्लुएफपीका अनुसार टिग्रेसहित लडाइँ भएका अन्य दुई प्रान्त अमहरा र अफारमा थप ९० लाख मानिसका लागि भोजनको व्यवस्था गर्न आवश्यक छ।

एक चिकित्सकका अनुसार लगातार ८ महिनादेखि तलब नपाएका उनीहरूलाई परिवार पाल्नका लागि अर्को पेसा रोज्न भनिएको छ।

सङ्घीय सरकार सन् २०२० को नोभेम्बर २० देखि उत्तरी टिग्रेमा रहेको विद्रोही समूहसँग लडाइँ गरिरहेको छ। जुन लडाइँका कारण अहिलेसम्म हजारौँ जनाको ज्यान गएको छ।

धेरै जसो समय त टिग्रेलाई अन्य स्थानबाट सम्पर्क विच्छेद नै गराइयो। यसैका कारण अति आवश्यक सहयोग र स्वास्थ्य सामग्री समेत उपलब्ध गराउन सकिएको थिएन।

लामो समय बैङ्क पनि बन्द भएका कारण त्यहाँका मानिसले आफ्नो बचतको उपयोग गर्न पाएनन् भने एकले अर्कोलाई तिर्नु पर्ने रकम पनि तिर्न सकेका थिएनन्। यी समस्या थपिँदै गए पछि डाक्टर र नर्स पनि अछुतो रहन सकेनन्।

चिकित्सक नै मागेर खान बाध्य

टिग्रेको राजधानी मेकालेमा रहेको आइडर अस्पतालका कार्यरत एक चिकित्सक सात महिनादेखि डाक्टर र नर्स नै खाद्यान्न मागेर हिँडेको दृश्य सामान्य भइसकेको बताउँछन्।

उनकै अनुसार काम गर्ने धेरैले तलब पाएका छैनन्। ती चिकित्सक आफ्नो खाने कुराको तालिका धेरै घटाउनु परेको पनि बताउँछन्। तेल, तरकारी र अन्न अनाज किन्नलाई पैसा छैन। यसै समयमा महँगीका मारमा उनीहरू यसरी परेका छन् कि

कुनै चिज खरिद गर्नु उनीहरूका लागि कल्पना बाहिरको कुरा बन्न थालेको छ। यी सबैको परिणाम हो, चिकित्सक नै सडकमा बसेर मागी रहेको दृश्य।

स्वास्थ्य सामग्री अभावका कारण अस्पतालमा उपचार नै प्रभावित बनेका छन्। शल्यक्रिया गर्दा वा गरिसकेपछि सर्जिकल गज सफा गर्नसमेत चिकित्सकलाई समस्या हुन थालेको छ।

आइदरको अस्पतालले चन्दामा कपडा पाउने गरेको छ। यसै कपडालाई काटेर शल्यक्रियामा लगाउने कपडा बनाउने गरिन्छ।

गरिबीको मारमा परेर तीन महिने बच्चाले ज्यान गुमाएको घटना हरेक चिकित्सकका लागि अहिले हृदय विदारक हो। यसै घटनाको अनुभव ती चिकित्सकसँग पनि छ।

अस्पतालबाट पर्याप्त तौल भएका कारण घर पठाइएका ती बच्चाले १३ जनवरीका दिन कुपोषणका कारण ज्यान गुमाएका थिए। यी घटना फाट्टफुट्ट बाहिर आएका मात्र हुन्।

त्यहाँको अवस्था अझ कल्पना गरिएका भन्दा दयनीय हुनसक्ने छन्। किनकी युद्ध सुरु भए यता अन्तर्राष्ट्रिय सञ्चार माध्यमसमेत त्यहाँको सम्पूर्ण विवरण पाउन र यथार्थ बुझ्न असमर्थ छन्। त्यहाँका धेरै क्षेत्र सञ्चारबाट विच्छेद गराइएका छन्।

आइदरको अस्पतालले चन्दामा कपडा पाउने गरेको छ। यसै कपडालाई काटेर शल्यक्रियामा लगाउने कपडा बनाउने गरिन्छ।

यसैसाता रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले मेकालेमा केही सहयोग उपलब्ध गराएको छ। यो सहयोग गत सेप्टेम्बर पछिको पहिलो हो।

डिसेम्बरको मध्यदेखि राष्ट्र सङ्घको खाद्य सामग्री टिग्रे पुगेको छैन। डब्लुएफपीका अनुसार त्यहाँको भोकमरी टार्न दैनिक १ हजार ट्रक सामग्री पठाउन आवश्यक छ।

राष्ट्र सङ्घले उत्तरी इथोपीयाको समस्या समाधानका लागि फन्डसँग ३३७ मिलियन अमेरिकी डलर माग गरेको छ। यो सहयोगले ६ महिनामा सबै समस्याबाट पार गर्न सक्ने राष्ट्र सङ्घको आकलन छ।

सन् २०२० मा प्रधानमन्त्री अबाइ अहमदले त्यहाँको स्थानीय विद्रोही समूहलाई आक्रमण गर्ने नीति लिएपछि त्यहाँ सङ्कट बढेको हो।

त्यहाँ रहेको सेनको निवासमा आक्रमणको प्रयास भएकाले त्यसैको प्रतिकार स्वरूप यो कदम चालिएको प्रधानमन्त्रीले बताएका थिए। अवाइको सरकार र टिग्रेको सत्तारुढ टिग्रे पिपुल्स लिबरेसन फन्ड (टिपीएलएफ)का नेताबीच झगडा भएपछि त्यहाँको समस्या अझ बढेको हो।

पछिल्लो समय सङ्घीय सेना पराजित भइसकेका छन्। तथापि, टिग्रे र अफारको सीमा क्षेत्रमा झडप हुने गरेका छन्। यसका बाबजुद केही शान्ति वार्ताको आशा भने गरिएको छ।

अफ्रिकाको यस क्षेत्रमा लागि नयाँ चयन भएका अमेरिकी प्रतिनिधि डेभिड स्टार फिल्डले हालै अदीस अबाबा भ्रमण गरेका छन्।

इतिहासमा कालो दाग

नाइजेरियाका राष्ट्रपति ओलुसेगुन ओब्सान्जो लगायत अफ्रिकन युनियनका नेताले टीग्रेन नेतासँग भेट गरिसकेका छन्।
टिग्रेको वर्तमान परिस्थिति इथोपीयाका प्रधानमन्त्री आइवाको जीवनको स्वर्णिम इतिहासमा कालो दाग बनेको छ।

सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएर अफ्रिकी देश मात्र होइन संसारका धेरै गरिब देशका नागरिकका लागि उनी आदर्श पात्र ठानिएको थिए। परन्तु, उनी अहिले त्यहाँको गृहयुद्ध र गरिबीका कारण उत्पन्न दर्दनाक दैनिकीका कारण आलोचित बनेका छन्।

सन् २०२० को जुनमै केही विपक्षीले बहिष्कार गरेको निर्वाचनमा उनले जित हात पारेका थिए। पहिलो पटक निर्वाचनमार्फत सत्तासीन उनले अक्टोबरसम्म धेरै अफ्रिकी नेतालाई प्रभाव पारि सकेका थिए। तर, यस बीचमा उनकै देशमा विभाजनको रेखा कोरिएको थियो।

टिग्रेको वर्तमान परिस्थिति इथोपीयाका प्रधानमन्त्री आइवाको जीवनको स्वर्णिम इतिहासमा कालो दाग बनेको छ।

लगातार तीन दशकदेखि सत्तामा रहेको अवाइको दल इथोपीयन पिपुल्स रेभुलेसनरी डेमोक्रेटिक फन्ट(इपिआरडीएफ) माथि मानव अधिकार हननको आरोप लाग्न थालेको छ। विपक्षीलाई बन्देज लगाउने र सञ्चारकर्मीको आवाज बन्द गर्ने काम गरेको आरोप उनीमाथि लागेको थियो।

इपिआरडीएफले आफ्नो शासन कालमा आर्थिक वृद्धि भएको जनाएको छ। तर, देशका सबैले यसको लाभ लिन सकेका छैनन्। उनले यसलाई पनि सम्बोधन गरेका थिए।

देशको सबैभन्दा ठूलो आदिवासी समूह ओरोमोले लगातार प्रदर्शन गर्ने गरेको थियो। आइवाले उनीहरूलाई पनि सम्बोधन गर्दै सुधारका कार्यक्रम ल्याएका थिए। आइवा स्वयं पनि त्यही समुदायका थिए। उनले महिलालाई राष्ट्रपति बनाउन भूमिका निर्वाह गरे र त्यस देशमा लैङ्गिक समानताको बिगुल फुके।

इरिट्रयासँगको शान्ति वार्ता र साझा सीमाको अवधारणा ल्याएका उनले थुप्रै आदिवासी समूहलाई सम्बोधन गर्ने कार्यक्रम ल्याएका थिए।

दक्षिणी इथोपीयाको कफी खेती गरिने जिल्ला बला समा इस्लाम र क्रिस्चीयन अभिभावकका छोरा यिनमा समाजलाई परिवर्तन गर्ने खुबी पहिलेदेखि नै थियो।

लोकप्रिय छवि भएका आइवा इन्फरमेसन नेटवर्क र सेक्युरिटी एजेन्सीका संस्थापक निर्देशक पनि हुन्। साइबर सुरक्षा सम्बन्धी यो अवधारणाको विकाशसँगै इन्टरनेटमा पनि कडाइ गरिएको थियो।

यी सबै काम सकेपछि उनी विज्ञान तथा प्रविधि मन्त्री भएका हुन्। त्यसपछि प्रधानमन्त्रीको रूपमा केही समय लोकप्रिय छवि बनाएका विस्तारै उनी एकपछि अर्को विवादमा तानिन थालिएका छन्।

विगत र वर्तमान संकट
सन् २०१८ मै आदिवासी समूह माथिको आक्रमणका कारण हजारौँ मारिए भने २० लाख भन्दा बढी घर छाड्न बाध्य बनाइए।

इथोपीयाको सेनाका चिफ अफ स्टाफ र देशको दोस्रो ठूलो सहरमा नेता एकै रात मारिएका थिए। यसपछि अवाई पुरानै सरकारको बाटोमा गएका थिए।

इन्टरनेट र फोन लाइन काटिए भने एकै पटक शङ्कास्पद धेरैलाई गिरफ्तार गरियो। ओमोरो समुदायका सङ्गीतकार हाचालु होन्डेसाको राजधानी अदिस अवावामा नै हत्या भए पछि यसले आदिवासीलाई झनै आक्रामक बनाएको थियो। यसपछि धेरैको गिरफ्तारी र धरपकडलाई तीव्र बनाइएको थियो।

यसपछि अवाइको दल र टिग्रेको प्रान्तीय सत्तारुढ दल बिचको विवादले अझ थप तनाव उत्पन्न गरेको थियो। आइवाले नयाँ अप्रेसन सुरु गरेसँगै त्यस क्षेत्रमा मानव अधिकार हनन, सामूहिक बलात्कार र गैर न्यायिक हत्याका घटना बढेको हो।

विगतका सबै यी घटना शृङ्खलाले अहिलेको गम्भीर र दर्दनाक अवस्थाको सिर्जना गरेको छ। कुनै विश्व राजनीतिका नायक ठहरिएका आइवा अहिले खल नायक जस्तो मात्र भएका छैनन्, उनीमाथि गरिबिको मारमा परेका जनतामाथि अझ बढी तानासाह बनेको आरोप पनि लाग्न थालेको छ।

यी समस्यामा राष्ट्र सङ्घको ६ महिने प्याकेज नै उनीहरूको लागि अन्तिम आस बनेको छ। सायद त्यो पुरा नभएसम्म कुपोषणका कारण कत्ति ज्यान गुम्ने भन्ने अनिश्चित नै छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : २६ बजे

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका