‘मिस इको इन्टरनेसनल’मा जाँदै सोफिया « Khabarhub

‘मिस इको इन्टरनेसनल’मा जाँदै सोफिया


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी सार्वजनिक गरेको थियो । भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइदिएकी थिइन् । रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूले ग्रुमिङ गर्नेछन् ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेसनल २०२२’ को शिर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए । २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा