सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन « Khabarhub

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । आइतबार पनि विद्यार्थीहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । मुख्य सडक रामानन्द चोकमा उनीहरूले चक्काजाम गर्न खोजेपछि प्रहरीसँग केहीबेर घम्साघम्सी पनि भएको छ ।

परीक्षा हुनुपर्ने माग गर्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको विद्यार्थीहरूको गुनासो छ । उनीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजीसमेत गरेका छन् ।

उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने भन्दै उनीहरूले विकल्प अघि सारेका छन् । विद्यार्थीहरूले माग तत्काल पूरा नभएसम्म आन्दोलन जारी राख्नेसमेत चेतावनी दिएका छन् ।

सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : ०४ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका