पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण « Khabarhub

पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ । १३ माघदेखि १६ माघसम्मको चारको मृत्युको संख्या थप ३२ जना प्राप्त भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : ५२ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको