एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग « Khabarhub

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ ।

संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्वीर निवेदनका साथ सम्प्रेसण गर्दछौं,’ उजुरी पत्रमा भनिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ५७ बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्