पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री « Khabarhub

पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार गोरखा जिल्ला प्रहरी कार्यालयमा भएको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक थापाले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागि प्रहरी दिनरात खटिनुपर्ने बताउनुभएको हो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने भन्दै उनले समयसापेक्ष नविनतम् प्रविधिसँगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो वनाउनुपर्ने पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले सांगठनिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई प्रहरीले निरन्तरता दिँदै आएका बताए ।

कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलगायतले धारणा राखेका थिए ।

नेपाल सरकारको ९ करोड २५ लाख १ सय ९५ रुपैयाँको लागतमा मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी ब्यारेक, हिरासत कक्ष गरी जम्मा ६ ओटा भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०८ बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्