युवालाई बजेट छुट्याउने कन्काई पहिलो नगरपालिका हो | Khabarhub Khabarhub

युवालाई बजेट छुट्याउने कन्काई पहिलो नगरपालिका हो

जसले ज्येष्ठ नागरिकलाई घुम्नका लागि पैँसा दिन्छ


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्काई नगरपालिका प्रदेश नम्बर १ को झापा जिल्लामा अवस्थित छ । यो नेपालकै पहिलो विधुत चुहावट मुक्त र बन्द निषेधित नगरपालिका तथा युवा स्वरोजगारका लागि बजेट छुटउने नगरपालिका रुपमा परिचित छ । स्थानियको चाहनाअनुसार कार्ययोजना बनाएर काम गरेको जनप्रतिनिधिहरुले बताउँदै आएका छन् । ज्येष्ठ नागरिक घुम्नको लागि बजेट छुटउने यो नगरपालिकाले गरको कामबाट सन्तोषजनक परिणाम आएको स्थानीयको भनाइ छ । यसै विषयमा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलसँग विपना थापाले गरेको कुराकानीको सम्पदित अशः

तपाईंंले नेतृत्व गर्नुभएको झन्डै पाचँ वर्ष पुग्न लागेको छ । यो पहिलोे कार्यकालमा गर्नुभएका कामहरु के-के हुन् ?

हामी निर्वाचित भएर आएपछि स्थानीयले आफ्नो पालिका भित्र के गर्ने भनेर विचार, भावना बुझेर घोषणा पत्र बनाएको थियौँ । घोषणा पत्रकै आधारमा हामीले काम गरेका छौँ र सबै काम पूरा पनि गरेका छौँ। भौतिक पुर्वाधारको काममा कुरा भन्नु पर्दा सबै वडाहरुमा सडक पुगेको छ र सबै सडकमा ग्राभेलसमेत भएको छ। त्यस्तै पालिकाको सबै वडामा विजुली पनि पुगेको छ। सबै वडामा खानेपानी वितरण गरेका छौँ । नदी नियन्त्रणमा धेरै काम भइरहेको छ । तीन वटा नगरपालिका मिलेर फोहोरमैला व्यवस्थापन गरेर कुहिने फोहोरबाट ग्यास निकाल्ने काम अघि बढिरहेको छ । घरवार विहीनका लागि मेयर आवास कार्यक्रम सुरु गरेका छौँ । यो कार्यक्रम अन्तर्गत ३५० भन्दा बढी घर बनाइदिएका छौँ। संघीय सरकारसगँ मिलेर ५०० भन्दा बढी घरको छानो फेर्ने काम गरेका छौँ।

शिक्षाको क्षेत्रको विकास र अझै राम्रो बनाउन के–के पहल गर्नुभएको छ ?

पहिले सामुदायिक विद्यालयमाबाट संस्थागत विद्यालयमा जाने विद्यार्थीको सख्या उल्लेखनीय थियो । हामी आइसकेपछि संस्थागतबाट सामुदायिक विद्यालयमा जानेको संख्या बढी छ। यहाँको हरेक विद्यालयमा स्वच्छ खानेपानी व्यवस्था छ। हरेक माध्यमिक विद्यालयमा आईसीटी र साइन्स ल्यावको व्यवस्था छ। यो वर्षदेखि हरेक आधारभुत विद्यालयमा साइन्स ल्याब बनाउने योजनामा छौँ। नर्सरी कक्षामा खेलौनाको साथै स्मार्ट बोर्डहरु राखेका छौँ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाइ सदनात्मक पोसाक पनि प्रदान गर्ने गरेका छौँ । विद्यार्थीलाई भविष्यमा असल नागरिक बनुन भनेर स्थानीय तहबाटै पाठ्यक्रम तर्जुमा गर्दैैछौँ। १० कक्षाभन्दा माथि पढ्ने गरिब तथा मिहेनती विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छौँ। साथै विद्यार्थीको चौतर्फी विकासका लागि साँस्कृतिकसँगै खेलकुदमा विविध कार्यक्रम सञ्चालन गरेका छौँ ।

स्वास्थ्य क्षेत्रमा के–के विकास भएको छ ?

हामीले सातवटा वडामा स्वास्थ्य चौकी स्थापना गरेका छौँ । नगर अस्पताल बन्ने क्रममा छ। पहिले बनेको अस्पताललाई नगर अस्पतालको रुपमा स्थापना गरेका छौँ। कोभिडको बेलामा धेरै काम गरेका छौँ । हाम्रो प्रस्तावित अस्पतालमा कोभिड आइसोलसन वार्ड बनाएका थियौँ। अरु संघसस्थासगँ मिलेर पीसीआर ल्याब स्थापना गरेका थियौँ। हाम्रो नगरपालिकाभित्र भएका कोभिड लागेका सबै नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेका थियौँ। हाम्रो स्वास्थ्यकर्मी साथीहरुले घरघरमा गएर औषधि प्रदान गर्नुभएको छ । साथै अक्सिजन चाहिने ठाउमा अक्सिजन पुर्याएका थियौँ । सँगसँगै अरु धेरै काम गर्न बाकी छ ।

तपाईंको स्थानीय तहको आय आर्जनको माध्यम के–के हुन् ?

हामी आफैँ नलागि नगरको विकास हुँदैन। हामी आउँदा योे पालिकामा १ करोड ७० लाख आन्तरिक आम्दानी थियो। जु्न चालू खर्चको रुपमा २ करोड ५० लाख भएको छ। यो पाँच वर्षको अवधिमा झन्डै ८ करोड रुपैयाँ आन्तरिक आम्दानी पुर्‍याउन सफल भयौँ। यसै अनुसार हाम्रो दायित्व बढेको हुनाले यसैलाई कायम राख्न निकै चुनौतीपूर्ण रहेको छ। हाम्रो आयआर्जनको स्रोतहरुमा विषेश गरी हाटबजार कर, खोलानाला बाट आउने कर, घरबहाल कर, व्यवसाय कर साथै प्रसासनिक भवन हरु छन् । हाम्रो क्षेत्रहरु धैरै भएकाले सबैलाई समेटेर आन्तरिक आयलाई अझै बढाउनु पर्ने देखिन्छ ।

कृषि क्षेत्रको विकासका लागि के–के कार्ययोजना बनाउनु भएको छ ?

किसानको लागि विषेश गरी माटोको विकासमा जोड दिएका छौँ । हाम्रो पालिकको हरेक वार्डमा माटोको अम्लीय पन हटाउन अभियान बनाएर परीक्षण केन्द्र स्थापना गरेका छौँ। जँहा घुम्ती हिसावले माटोको परीक्षण हुन्छ। यसबाट माटोको गुणस्तरमा पनि सुधार आएको छ। हाम्रो पालिकाले आधा साथै किसानले आधा खर्च गरेर कृषि जोनको स्थापना गरेका छौँ । व्यवसायिक कृषि र जैविक कृषि गरी दुई प्रकारका कृषि विधि ल्याएका छौँ । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, प्रदेश कृषि कार्यक्रम र किसानहरु समन्वय गरेर अघि बढेका छौँ। कृषकलाई मौदाज्त दिने गरेका छौँ । सिँचाइका लागि विभिन्न ठाउँ विद्युतिय लाइन पनि जोडेका छौँ । कृषि उत्पादनको व्यवस्थापनका लागि डेढ बिघा जग्गामा टहरा बनाएर कृषि बजार बनाएका छौँ। त्यस्तै ५ करोड लगानीमा कृषि कार्यक्रम ल्याएका छौँ, जसले दुग्ध उत्पादन, तरकारी उत्पादन र मासुजन्य उत्पादनमा सहयोग गर्ने उद्देश्ले सञ्चालन गरेका छौँ। किसान बिमा, पशु बिमा कार्यक्रम ल्याएका छौँ। साथै माछापालन, बाख्रापालनलाई पनि प्राथमिकतामा राखेका छौँ ।

युवालाइ स्वरोजगार बनाउन र दक्ष जनशक्क्ति विदेश पलायन हुनबाट रोक्नका लागि कस्ता योजना बनाउनु भएको छ ?

सायद, हाम्रो नगरपालिका पहिलो नगरपालिका हो, जसले युवाको लागि बजेट छुट्याएको हो । हामीले ५२ जना युवालाई स्वरोजगारको सिप सिकाएर १/१ लाखको दरले लगानी गरेका थियौँ र अहिले उहाँहरुले सिप प्रयोग गरेर किस्तामा पैसा फिर्ता गर्नुभएको छ । युवाको माग धेरै आएको छ, यसलाइ हामीले अनुगमन गरेर पारर्दशी तरिकाले यो योजनालाइ अघि बढाउने सोचमा छौँ ।

सामाजिक सुरक्षाको विषयमा कुरा गर्दा तपाईंको स्थानीय तहमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङता भएका व्यक्तिको अवास्था के छ ?

ज्येष्ठ नागरिकको हकमा आठवटा वडामा ज्येष्ठ नागरिक भेला भएर दुख,सुखका गफ गरेर बस्नको लागि चौतारा बनाएका छौँ । अक्षय कोष निर्माणको लागि नगरपालिकाले सहयोग गरेको छ। नगरपालिका र वडाबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र घुम्नको लागि बजेट विनियोजन गरेका छौँ। साथै अपाङता भएका व्यक्तिका लागि बजेट छुटएर न्यानो कपडा वितरण गर्नेदेखि भत्ता वितरण गर्नेसम्मको काम भइरहेको छ। एकल महिलाको हकमा सिप सिकाएर आत्मनिर्भर बन्न सहयोग गरेका छौँ। साथै मौरीपालन गर्न बैक र सहकारी संस्थासँग मिलेर आवश्यक सहयोग गरेका छौँ ।

पर्यटकीय क्षेत्रहरुको अवस्था के छ ? र, पर्यटकलाई आर्कषित गर्न कस्ता योजना ल्याउनु भएको छ ?

हाम्रो कन्काई नगरपालिका विकासको सम्भावना बोकेका धेरै पर्यटकीय क्षेत्र छन्। पुर्वको पोखरा र फेवाताल भनेर चिनिने जामुनखाडी सिमसार क्षेत्र यही पालिकामै छ। ऐतिहासिक पर्यटन क्षेत्र जगन पाण्डे दरवार पनि यही छ। साथै धनुषकोटि धाम, कोटिहोम धान पनि रहेको छ। पवित्र धार्मिक नदी कनकाई नदी रहेको छ। हाम्रो पालिकामा भएका पर्यटकीय क्षेत्रको अझै विकासका लागि २ अर्बको आवश्यकता पर्छ। पर्यटक बढाउनको लागि होमस्टेको व्यवस्था गरेका छौँ । कोतराज वंशीको सदन उपस्थिति छ त्यस ठाउँमा उहाहरुको संस्कृतिको जगेर्ना गर्दै व्यवसायीकरण गर्नको लागि तालिम दिएर अघि बढेका छौँ। यसका लागि आवश्यक सहयोगको अपेक्षा गरेका छौँ।

आफ्नो क्षेत्रका तथा आफ्नालाई मात्र बजेट दिनुभयो भन्ने आरोप तपाईंमाथि छ, यसलाई कसरी खण्डन गर्नुहुन्छ ?

हामीले हरेक वर्ष कार्यक्रम बनाउछौँ। प्रत्येक वडालाई रकम छुट्याइएको हुन्छ त्यहीअनुसार योजना बनाइएको हुन्छ। र नगरमा हामी सबै मिलेर बनाएको नगरस्तरीय योजना हुन्छ, त्यही योजनाकै मातहतमा रहेर काम गर्छौँ। आफना मान्छे र आफनाका लागि नभई सबैलाई हुने काम हामीले गरेका छौँ। यस्ता आरोप लाग्नु सामान्य हो । तर हाम्रो पालिकामा धेरै गुनासो आएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : १४ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको