के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने « Khabarhub

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रूपान्तरण भएको हो ।

अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरू गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने छन् ।

गत आषाढ ४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्नेसम्बन्धी समझदारी भएको थियो ।

चैत्र ७ गतेबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने ब्यहोर्ने गरी संस्थाको नाम के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड (केसीएल) बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : २३ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा