खेलकुद

अर्जेन्टिना बराबरीमा रोकियो

By खबरहब

March 30, 2022

काठमाडौँ – फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो।

अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् ।

यस अघि नै विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिना यो बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।