रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन « Khabarhub

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।

देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेको युएनएचसीआरले जनाएको छ । ‘अवश्य पनि, विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछि कै अप्रत्याशित हो’, युएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले जेनेभामा पत्रकारहरुसँग भने ।

‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ’ रेड क्रस एण्ड रेड क्रेजेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष फ्रान्सेस्को रोकाले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पनि पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठन आइओएमले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ४२ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा