जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा « Khabarhub

जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनवरी ६ का दिन क्यापिटोल हिलस्थित अमेरिकी कांग्रेसमा भएको दंगाका दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन झण्डै ८ घण्टा सम्म रेकर्ड नभएको पत्ता लागेको छ ।

सामान्यतः ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड हुने भएता पनि त्यस दिन बिहान ११ः१७ बजेदेखि बेलुकी ६ः५४ बजेसम्म ट्रम्पको फोन रेकर्ड नभएको वाशिङ्टन पोष्टले जनाएको छ । जनवरी ६ का दिन भएको दंगाबारे अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभको प्यानलले यस्तो पत्ता लगाएको हो ।

यद्यपि फोन रेकर्ड बन्द हुनुअघि र बन्द भइसकेपछि ट्रम्पले त्यसदिन ८ जनासँग कुराकानी गरेको ११ पृष्ठ लामो रेकर्डमा जनाइएको छ । अनुसन्धान गरिरहेको हाउस सेलेक्ट कमिटीका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले अरुकै फोन प्रयोग गरेको वा ‘बर्नर फोन’ भनिने नष्ट गर्न मिल्ने फोन प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ । तर ट्रम्पले भने त्यस दिन बर्नर फोन प्रयोग नगरेको बताएका छन् । ‘मलाई बर्न फोन भनेको के हो थाहा छैन । मेरो जानकारीअनुसार मैले यसअघि यसबारे सुनेको पनि थिइनँ ।’ विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन् ।

यद्यपि क्यापिटोल हिलमा दंगा भएको दिन ट्रम्पले के के गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको र अनुसन्धान प्यानलले यसबारे धेरै प्रत्यक्षदर्शीहरुसँग समेत कुराकानी गरेको जनाइएको छ ।

जनवरी ६ का दिन राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएको नतिजालाई औपचारिकता दिन बसेको कंग्रेसको बैठकमा ट्रम्प समर्थक रिपब्लिकनहरूले दंगा मच्चाउँदा ६ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : २६ बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र