पुरानो क्षेप्यास्त्र परीक्षण गरेर ‘उत्तर कोरियाले झुक्यायो’ « Khabarhub

पुरानो क्षेप्यास्त्र परीक्षण गरेर ‘उत्तर कोरियाले झुक्यायो’


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ ।  उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो ।

‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने ।

ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही क्षेप्यास्त्रको अघिल्लो साता पनि असफल परीक्षण भएको बताइएको छ ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बताउँदै यो क्षेप्यास्त्रले ६ हजार किलोमिटरको उचाईमा पुगी १ हजार किलोमिटर टाढा जापानी जलक्षेत्रमा खसेको जनाएको थियो ।

नयाँ वा पुराना जुनसुकै शैलीको क्षेप्यास्त्र भएपनि पछिल्लो परीक्षणबाट उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्रलाई अझ परिष्कृत बनाएको दक्षिण कोरियाली एवम् जापानी सैनिक विश्लेषकहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन च्यानल एबीसीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ०८ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन