स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय « Khabarhub

स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा हिजो मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप अगाडि बढाइने उनको भनाइ छ । बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

त्यस्तै बैठकले प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । उनले स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि जानकारी दिए।

बैठकले देशव्यापी रुपमा सदस्यता र क्रियाशिल सदस्यता बितरण प्रारम्भ गर्ने निर्णय गरेको उनले बताएका छन्। यसअघि बैठकमा धारणा राख्ने क्रममा केही सदस्यहरु गठबन्धनको पक्षमा रहेका थिए भने केहि विपक्षीमा थिए ।

केही सदस्यहरुले भने आवश्यकताको आधारमा केही स्थानीय तहमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  २ : ५८ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२