स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय « Khabarhub

स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा हिजो मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप अगाडि बढाइने उनको भनाइ छ । बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

त्यस्तै बैठकले प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । उनले स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि जानकारी दिए।

बैठकले देशव्यापी रुपमा सदस्यता र क्रियाशिल सदस्यता बितरण प्रारम्भ गर्ने निर्णय गरेको उनले बताएका छन्। यसअघि बैठकमा धारणा राख्ने क्रममा केही सदस्यहरु गठबन्धनको पक्षमा रहेका थिए भने केहि विपक्षीमा थिए ।

केही सदस्यहरुले भने आवश्यकताको आधारमा केही स्थानीय तहमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  २ : ५८ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को