युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा « Khabarhub

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् ।

चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ ।

यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका अफगान विदेशमन्त्री अमिर खान मुत्तकी पनि सहभागी हुने बताइएको छ । कतार र इण्डोनेशियालाई पाहुनाका रुपमा यस छलफलमा डाकिएको छ ।

यसबाहेक रुसी विदेशमन्त्रीले अफगानिस्तानका लागि चिनियाँ तथा अमेरिकी विशेष प्रतिनिधिसँग पनि बेग्लै छलफल गर्ने कार्यक्रम छ ।

कोरोना भाइरसको नयाँ लहर झेलिरहेको चीनले यो बैठक आन्हुई प्रान्तको टुङ्सी शहरमा आयोजना गर्न लागेको जनाइएको छ ।

युक्रेनमाथि आक्रमण जारी राखेको रुसका विदेशमन्त्रीले चीनमा रहँदा युक्रेनका विषयमा पनि कुराकानी गर्ने वा नगर्ने केही खुलाइएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल