जासुसीको आरोपमा अमेरिकामा ५ चिनियाँविरुद्ध मुद्दा दायर « Khabarhub

जासुसीको आरोपमा अमेरिकामा ५ चिनियाँविरुद्ध मुद्दा दायर


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा ५ चिनियाँमाथि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अमेरिकाको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकामा बसोबास गर्नेहरुमाथि जासुसी गरेको र उनीहरुलाई दुःख दिएको भन्दै मुद्दा दायर गरिएको जनाएको हो ।

आरोपी चिनियाँमध्ये अधिकांश न्यूयोर्कको क्विन्स क्षेत्रमा बसोबास गर्ने गरेको बताइएको छ । मुद्दा दायर गरिएकामध्ये तीन जनालाई पक्राउ गरिएको तर अरु दुई जना फरार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले चिनियाँ सरकारको निर्देशनमा अमेरिकामा बसोबास गरिरहेका चिनियाँ नागरिकमाथि जासुसी गर्ने गरेका थिए । राजनीतिक विचारका कारण अमेरिकामा बस्ने चिनियाँहरु जासुसीको निशानामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आरोपीले अमेरिकामा रही चीनमा प्रजातन्त्र र मानव अधिकारका विषयमा वकालत गर्ने चिनियाँ नागरिक अर्थर लिउलाई मुख्य निशाना बनाएका थिए ।

त्यस्तै, डेमोक्र्याटिक पार्टीका कार्यकर्ता एवम् सन् १९८९ मा तियानमेन चौकमा भएको प्रदर्शनमा सहभागी सियोङ यानमाथि पनि जासुसी गरिएको रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ३९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु