जासुसीको आरोपमा अमेरिकामा ५ चिनियाँविरुद्ध मुद्दा दायर « Khabarhub

जासुसीको आरोपमा अमेरिकामा ५ चिनियाँविरुद्ध मुद्दा दायर


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा ५ चिनियाँमाथि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अमेरिकाको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकामा बसोबास गर्नेहरुमाथि जासुसी गरेको र उनीहरुलाई दुःख दिएको भन्दै मुद्दा दायर गरिएको जनाएको हो ।

आरोपी चिनियाँमध्ये अधिकांश न्यूयोर्कको क्विन्स क्षेत्रमा बसोबास गर्ने गरेको बताइएको छ । मुद्दा दायर गरिएकामध्ये तीन जनालाई पक्राउ गरिएको तर अरु दुई जना फरार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले चिनियाँ सरकारको निर्देशनमा अमेरिकामा बसोबास गरिरहेका चिनियाँ नागरिकमाथि जासुसी गर्ने गरेका थिए । राजनीतिक विचारका कारण अमेरिकामा बस्ने चिनियाँहरु जासुसीको निशानामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आरोपीले अमेरिकामा रही चीनमा प्रजातन्त्र र मानव अधिकारका विषयमा वकालत गर्ने चिनियाँ नागरिक अर्थर लिउलाई मुख्य निशाना बनाएका थिए ।

त्यस्तै, डेमोक्र्याटिक पार्टीका कार्यकर्ता एवम् सन् १९८९ मा तियानमेन चौकमा भएको प्रदर्शनमा सहभागी सियोङ यानमाथि पनि जासुसी गरिएको रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ३९ बजे

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स