‘काठमाडौंको संस्कृति संरक्षणका लागि मेयरमा मेरो उम्मेदवारी’ | Khabarhub Khabarhub

‘काठमाडौंको संस्कृति संरक्षणका लागि मेयरमा मेरो उम्मेदवारी’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देशको राजधानी अर्थात् काठमाडौँ महानगरपालिका सबैको आकर्षणको केन्द्र बनेको छ। मेयर बनेर देशकै केन्द्रको विकास गर्ने चाहना राख्ने धेरै छन्। वैशाख ३० गते हुने स्थानीय चुनावमा ५६ जनाले काठमाडौंको मेयर बन्ने चाहना राखेका छन्। निर्वाचन आयोगका अनुसार काठमाडौं मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्। त्यसमध्ये एक हुन् सुमन सायमी। जो काठमाडौंबासीका एक प्रतिनिधि पात्र हुन्। जसले गुठी विधेयक र सडक विस्तारले काठमाडौंका धर्म र संस्कृतिमाथि प्रहार गरेको ठहर गर्दै आन्दोलनको नेतृत्व गरेका थिए। काठमाडौंका मेयर उम्मेदवार सायमीसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौं महानगरपालीकाको मेयर पदमा यहाँको उम्मेदवारी किन?

काठमाडौं नेपालको राजधानीसँगै सांस्कृतिक सहर पनि हो। यो सांस्कृतिक सहर अव्यवस्थित विकासले विनासको बाटोमा अगाडि बढेको छ। न स्वच्छ हावा, न स्वच्छ पानी खान पाएका छौं। स्वास्थ्यको सुरक्षा छैन। धुलोधुवा, जताततै फोहोर, शिक्षा, स्वास्थ्यको समस्या, उत्पादनशील भूमिको संरक्षणमा कसैले ध्यान दिएकै छैनन्। भूमिको संरक्षण नहुँदा सांस्कृतिक सम्पदा मासिएका छन्। पर्यटन क्षेत्रमा आएर पनि पर्यटकले सम्पदा हेर्न पाएका छैनन्। फुटपाथमा राखिएका पसलका कारण हिड्नसक्ने अवस्था छैन। यो अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन मैले उम्मेदवारी दिएको हुँ।

म कुनै दलमा आवद्ध छैन। कुनै दलमा गएर दबाब प्रभावमा रहेर आफ्नो एजेन्डा उठाउन नसकिने भएकाले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।

गफ त सबैले गरेकै छन्। यी सबै काम गर्नुहुन्छ भन्ने आधार तपाईंसँग के के छन् ?
म एक दशकदेखि काठमाडौंका समस्यालाई नियाल्दै आएको छु। सांस्कृतिक सम्पदा बचाउने कुरामा मैले धेरै कुरा देखेको छु। यो ठाउँको सांस्कृतिक सभ्यता अतिक्रमित मात्र भएका छैनन्। खोलानाला ढलमा परिणत भएका छन्। गैर कानुनी रुपमा रोड विस्तार हुँदा घर भत्किएका छन्। तपाईंलाई ठूलो बाटो चाहियो भनेर कसैको गाँसबास खोस्नु हुँदैन। हामीले शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदालाई जसरी संरक्षण गर्छौ भनेर आवाज उठाएका छौँ। सायद आवाज नउठाएको भए अहिले भएको ३५ प्रतिशत पनि नष्ट हुने अवस्था थियो।

तपाईंले काठमान्डौंमा समस्यै समस्या देखाउनुभयो। अहिलेका बहालवाला मेयरले काठमाडौंलाई कायापलट गरेको छु भन्नु भएको छ। उहाँको कार्यकालमा के भएन र के गर्नुपर्छ भनेर तपाईंको उम्मेदवारी ?

उहाँको कार्यकालमा बनाइएका १०१ योजना त मैंले देखिन। उहाँको बोली र व्यवहारमा एकरुपता छैन। हामीले विश्वास गरेर मतदान गर्यौ। तर, भनेको कुरा नभएपछि हामीले गर्छौ भनेर आएका छौँ। जनप्रतिनिधिले राजनीतिकरणलाई व्यापारिकरण गरिराखेका छन्। अहिलेका जनप्रतिनिधिले जनताको हकहितको लागि काम नगरेको अवस्था छ। अब जनताका लागि काम दलका उम्मेदवारले होइन स्वतन्त्र उम्मेदवारले मात्र गर्न सक्छन्।

अहिले परिवर्तन आएको छ। जनतामा दलप्रति वितृष्णा जागेको छ। विकल्पको खोजी भइराखेको छ। हामी काठमाडौंको अस्तित्व बचाउने अभियानमा छौँ। मनैदेखि काम गर्न आएका हौँ। कामका आधारमा जनताले मूल्यांकन गर्नेछन्।

स्वतन्त्र उम्मेदवारलाई रहरमा आएको भनिन्छ। तपाईंले साच्चै केही गर्छु भनेर उम्मेदवारी दिनुभएको कि रहरमा आउनुभएको हो ?

म दशकदेखि काठमाडौंको अस्तित्व बचाउने अभियानमा छु। हामी हाम्रो मात्र होइन आगामी पिढीको भविष्य खोजीराखेका छौँ काठमाडौंमा। सहरको व्यवस्थापनको सपना बोकेर हिँडेका छौँ। फोहोर व्यवस्थापनको लागि काम गर्नुपर्नेछ।

स्वतन्त्र उम्मेदवारलाई मत ल्याउन कठिन देखिन्छ। तपाईंले चाहिँ आफ्नो पक्षमा माहोल जुटाउन के नर्गुभएको छ ?

अहिले परिवर्तन आएको छ। जनतामा दलप्रति वितृष्णा जागेको छ। विकल्पको खोजी भइराखेको छ। हामी काठमाडौंको अस्तित्व बचाउने अभियानमा छौँ। मनैदेखि काम गर्न आएका हौँ। कामका आधारमा जनताले मूल्यांकन गर्नेछन्। अब पनि सोच्नु भएन भने फेरि दुःख पाउने अवस्था सिर्जना हुन्छ। म कुनै दलमा आवद्ध छैन। कुनै दलमा गएर दबाब प्रभावमा रहेर आफ्नो एजेन्डा उठाउन नसकिने भएकाले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।

मेरो चाहना भनेको साना साना कुराको व्यवस्थापन गर्नु हो। उपत्यकाको कुरा गर्दा मनोरेल स्मार्ट सिटीको आवश्यकता नै छैन। स्मार्ट सिटीको कारणले गर्दा उत्पादनशील भूमि नष्ट हुनेछ। भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्नेछ। के कुरामा जनतालाई सेवा र सुविधान दिन सकिन्छ भनेर योजना तयार गरेका छौं। जनताले यसपटक अवसर दिन्छन् भन्ने विश्वास छ।

हामी फरक पृष्टभूमिबाट उम्मेदवारी दिएर अगाडि बढेका छौँ, जनताको काम गछौँ। नेतृत्व भनेको सामूहिक निर्णय हो व्यक्तिगत विषयले त्यसलाई प्रभाव पार्न सक्दैन।

तपाईं जस्ता स्वतन्त्र उमेद्वार एक दर्जन भन्दा बढी छन? तपाईंलाई जनताले किन मत दिने?

काठमाडौंको लागि हामीले केही गर्नुपर्छ भनेर हिँडेका छौँ। यहाँका स्थानीयले हाम्रो काम देख्नु भएको छ। अरु स्वतन्त्र उम्मेदवार जस्तो होइन, म यहाँका नागरिकका समस्यामा उनीहरुसँगसँगै छु। राजनीति व्यापार होइन। यहाँ लगानी गरेर व्यापार गर्न आउनेलाई जनताले पाखा लगाउनुपर्छ।

अवसर पाएर पदमा पुगेपछि तपाईंका पनि प्राथमिकता फेरिन्छन् होला नि ?
जुन जोगी आए पनि कानै चिरेको भन्छन् तर कान चिर्ने ठाउँमा हामी पुगेका छैनौ। पहिले नेतृत्वमा आएकाले काम नगर्दा विभन्न आरोप खेपेका छन्। हामी फरक पृष्टभूमिबाट उम्मेदवारी दिएर अगाडि बढेका छौँ, जनताको काम गछौँ। नेतृत्व भनेको सामूहिक निर्णय हो व्यक्तिगत विषयले त्यसलाई प्रभाव पार्न सक्दैन।

तपाईंको पक्षमा कति मत आउँछ जस्तो लाग्छ ?

हामीले जनताको लागि काम गर्ने हो। अहिले गैरकानुनी रुपमा विस्तार गरिएको रोडको मुद्दा लडेर सबैको सम्पत्ति जोगाएर ३ करोडको लागि नयाँ नजिर स्थापित गरेका छौँ। मैले मेयर जित्नेगरी मत पाउने अपेक्षा गरेको छु।

विदेश जान लागेको मान्छे पनि टिकट नै क्यान्सिल गरेर भोट दिन बस्नुभएको छ। यसको मतलब राम्रो हुन्छ भन्ने आशा छ।

उम्मेदवारी दिएपछि प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीले उमेद्वारी दर्ता गरेपछि धेरै राम्रो प्रतिक्रिया आएको छ। विदेश जान लागेको मान्छे पनि टिकट नै क्यान्सिल गरेर भोट दिन बस्नुभएको छ। यसको मतलब राम्रो हुन्छ भन्ने आशा छ। अहिले मैले १५ बुँदे घोषण पत्र जारी गरेको छु। यो घोषणा पत्र अध्ययन गरेर मलाई सबै मिलेर जिताउनु हुन्छ भन्ने अपेक्षा छ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : १७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको