ऋतिकका लागि दर्शकले प्रतीक्षा गरिरहेका फिल्महरु  « Khabarhub

ऋतिकका लागि दर्शकले प्रतीक्षा गरिरहेका फिल्महरु 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९ मा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत दुई फिल्म प्रदर्शनमा आए । 

प्रदर्शन भएको सुपर ३० र वार दुवैले बक्स अफिसमा आफूलाई सफल बनाए । कोरोना भाइरस (कोभिड १९) को कारण ऋतिकको केही प्रोजेक्टमा ढिलाई हुँदा उनलाई पर्दामा देख्न पाइएको छैन । यद्यपि ऋतिकलाई लिएर जोडिएको केही फिल्महरूको बारेमा खबरहरू सार्वजनिक भएसँगै दर्शकहरू प्रतीक्षामा छन् । ऋतिकको फिटनेस, एक्सन, डान्स र स्टाइलसँगै अभिनयले पनि उनलाई दर्शक माझ प्रतीक्षित बनाएको छ । 

ऋतिकले दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेको फिल्म,फाइटरु लाई दर्शकले प्रतीक्षा  गरिरहेका छन् । कोरोना भाइरसको महामारीका कारण फिल्म घोषित डेटमा रिलिज भएन । अनिल कपूर, कुनाल कपूर लगायतको समेत अभिनय रहेको फिल्म आउँदो वर्ष मात्र दर्शकले हेर्न पाउनेछन् । यस्तै ऋतिकको ‘विक्रम वेधा’ पनि प्रतीक्षित फिल्म मध्येको एक हो । तामिल फिल्मको रिमेक रहेको फिल्ममा ऋतिकसँगै सैफअलि खान, राधिका आप्टे, रोहित सराफ, योगिता बिहानी लगायतको अभिनय रहेको छ । फिल्मलाई दर्शकले यसै वर्ष हेर्न पाउने छन् । 

ऋतिकलाई इन्डियन सुपरहिरोको रुपमा चिनाउने फिल्म ‘क्रिस’ पनि प्रतीक्षित नै छ । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यसम्ममा गर्ने तयारी ऋतिकले गरिरहेका छन् । स्टोरीमा धेरै काम गर्नु पर्ने भएकोले पनि यसको छायांकन सुरु हुन् सकेको छैन । साथै, प्रियंका चोपडालाई लिने वा नयाँ कास्टलाइ यसको पनि अलमल टिमलाई छ । ऋतिककै पिता राकेश रोशन बिरामी भएकाले पनि यसको काम ढिलिएको हो । 

यी यस्तै विविध फिल्मको कारण ऋतिकलाई ठुलो पर्दामा दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५१ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का