ऋतिकका लागि दर्शकले प्रतीक्षा गरिरहेका फिल्महरु  | Khabarhub Khabarhub

ऋतिकका लागि दर्शकले प्रतीक्षा गरिरहेका फिल्महरु 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९ मा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत दुई फिल्म प्रदर्शनमा आए । 

प्रदर्शन भएको सुपर ३० र वार दुवैले बक्स अफिसमा आफूलाई सफल बनाए । कोरोना भाइरस (कोभिड १९) को कारण ऋतिकको केही प्रोजेक्टमा ढिलाई हुँदा उनलाई पर्दामा देख्न पाइएको छैन । यद्यपि ऋतिकलाई लिएर जोडिएको केही फिल्महरूको बारेमा खबरहरू सार्वजनिक भएसँगै दर्शकहरू प्रतीक्षामा छन् । ऋतिकको फिटनेस, एक्सन, डान्स र स्टाइलसँगै अभिनयले पनि उनलाई दर्शक माझ प्रतीक्षित बनाएको छ । 

ऋतिकले दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेको फिल्म,फाइटरु लाई दर्शकले प्रतीक्षा  गरिरहेका छन् । कोरोना भाइरसको महामारीका कारण फिल्म घोषित डेटमा रिलिज भएन । अनिल कपूर, कुनाल कपूर लगायतको समेत अभिनय रहेको फिल्म आउँदो वर्ष मात्र दर्शकले हेर्न पाउनेछन् । यस्तै ऋतिकको ‘विक्रम वेधा’ पनि प्रतीक्षित फिल्म मध्येको एक हो । तामिल फिल्मको रिमेक रहेको फिल्ममा ऋतिकसँगै सैफअलि खान, राधिका आप्टे, रोहित सराफ, योगिता बिहानी लगायतको अभिनय रहेको छ । फिल्मलाई दर्शकले यसै वर्ष हेर्न पाउने छन् । 

ऋतिकलाई इन्डियन सुपरहिरोको रुपमा चिनाउने फिल्म ‘क्रिस’ पनि प्रतीक्षित नै छ । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यसम्ममा गर्ने तयारी ऋतिकले गरिरहेका छन् । स्टोरीमा धेरै काम गर्नु पर्ने भएकोले पनि यसको छायांकन सुरु हुन् सकेको छैन । साथै, प्रियंका चोपडालाई लिने वा नयाँ कास्टलाइ यसको पनि अलमल टिमलाई छ । ऋतिककै पिता राकेश रोशन बिरामी भएकाले पनि यसको काम ढिलिएको हो । 

यी यस्तै विविध फिल्मको कारण ऋतिकलाई ठुलो पर्दामा दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५१ बजे

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार