तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

बदनाम बेलायती सांसद भन्छन्– ‘झुक्किएर पोर्न हेरेको हुँ’

By खबरहब

April 30, 2022

काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् ।

महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् ।

‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि पनि लाजमर्दो कुरा हो ।’

झुक्किएर पोर्न हेरेको हुनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हो, तर यसबारे पनि छानबिन हुनुपर्छ ।’

यसअघि बेलायती सञ्चारमाध्यममा एकजना सांसदले सत्तारुढ कन्जरभेटिभ पार्टीको बैठकका क्रममा महिला सहकर्मीहरुकै अगाडि पोर्न हेरेको खुलासा गरेका थिए ।

पछि ती महिला सहकर्मीले यस घटनालाई पार्टीका प्रमुख सचेतक क्रिस हिटन ह्यारिस समक्ष राखेकी थिइन् ।

घटनाबारे संसद्को मापदण्ड आयोगले छानबिन अघि बढाएको बीबीसीले जनाएको छ ।

उनले आफू दोषी भेटिए राजीनामा दिन समेत तयार रहेको बताएका छन् । हाल उनलाई कन्जरभेटिभ पार्टीले निष्कासन गरेको बताइएको छ ।