बदनाम बेलायती सांसद भन्छन्– ‘झुक्किएर पोर्न हेरेको हुँ’ « Khabarhub

बदनाम बेलायती सांसद भन्छन्– ‘झुक्किएर पोर्न हेरेको हुँ’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् ।

महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् ।

‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि पनि लाजमर्दो कुरा हो ।’

झुक्किएर पोर्न हेरेको हुनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हो, तर यसबारे पनि छानबिन हुनुपर्छ ।’

यसअघि बेलायती सञ्चारमाध्यममा एकजना सांसदले सत्तारुढ कन्जरभेटिभ पार्टीको बैठकका क्रममा महिला सहकर्मीहरुकै अगाडि पोर्न हेरेको खुलासा गरेका थिए ।

पछि ती महिला सहकर्मीले यस घटनालाई पार्टीका प्रमुख सचेतक क्रिस हिटन ह्यारिस समक्ष राखेकी थिइन् ।

घटनाबारे संसद्को मापदण्ड आयोगले छानबिन अघि बढाएको बीबीसीले जनाएको छ ।

उनले आफू दोषी भेटिए राजीनामा दिन समेत तयार रहेको बताएका छन् । हाल उनलाई कन्जरभेटिभ पार्टीले निष्कासन गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५३ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो