बोल्ड एन्जल (फोटो फिचर) « Khabarhub

बोल्ड एन्जल (फोटो फिचर)


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करिब ३ दर्जन भिडियोमा अभिनय गरेकी छिन्, मोडल एन्जल श्रेष्ठले । मोडलिङ हुँदै यो क्षेत्रमा प्रवेश गरेकी उनी अब आफ्नो करिअरलाई फरक ढंगले अगाडि बढाउन चाहन्छिन् । 

सर्लाही, नवलपुर स्थायी घर भएकी एन्जल श्रेष्ठ सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । केही विज्ञापनमा पनि काम गरेकी एन्जल पछिल्लो समय फिल्मतर्फ सक्रियता बढाइरहेकी छिन् । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण एन्जल चाँडै नै यो क्षेत्रमा जम्ने सोच राख्छिन् । आफूमा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएको उनको भनाइ छ ।

एक्सन फिल्ममा काम गर्न रुचाउने एन्जलले ‘कड्के कमाल के’ मार्फत फिल्मको अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि हरि लामाले निर्माण गरेको फिल्म ‘गोर्खे’ देखिएकी एन्जल अभिनीत पछिल्लो फिल्म ‘लप्पन छप्पन २’ हो । म्युजिक भिडियो र सर्ट फिल्ममा समेत काम गरिसकेकी सफलताको खोजीमा छिन् । यद्यपि उनले अझै आफ्नो यात्रामा सफलता भेटेकी छैनन् । मोडलिङमा पर्फेक्ट एन्जलले फिल्ममा प्रवेश त गरिसकेकी छिन् । तर, त्यो यात्रालाई कसरी अगाडि बढाउँछिन् ? त्यो भने हेर्न बाँकी छ । बाहिरी सुन्दरता झैँ अभिनयमा पनि सुन्दरता ल्याउन प्रयत्नशील एन्जलले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : १४ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी