बोल्ड एन्जल (फोटो फिचर) « Khabarhub

बोल्ड एन्जल (फोटो फिचर)


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करिब ३ दर्जन भिडियोमा अभिनय गरेकी छिन्, मोडल एन्जल श्रेष्ठले । मोडलिङ हुँदै यो क्षेत्रमा प्रवेश गरेकी उनी अब आफ्नो करिअरलाई फरक ढंगले अगाडि बढाउन चाहन्छिन् । 

सर्लाही, नवलपुर स्थायी घर भएकी एन्जल श्रेष्ठ सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । केही विज्ञापनमा पनि काम गरेकी एन्जल पछिल्लो समय फिल्मतर्फ सक्रियता बढाइरहेकी छिन् । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण एन्जल चाँडै नै यो क्षेत्रमा जम्ने सोच राख्छिन् । आफूमा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएको उनको भनाइ छ ।

एक्सन फिल्ममा काम गर्न रुचाउने एन्जलले ‘कड्के कमाल के’ मार्फत फिल्मको अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि हरि लामाले निर्माण गरेको फिल्म ‘गोर्खे’ देखिएकी एन्जल अभिनीत पछिल्लो फिल्म ‘लप्पन छप्पन २’ हो । म्युजिक भिडियो र सर्ट फिल्ममा समेत काम गरिसकेकी सफलताको खोजीमा छिन् । यद्यपि उनले अझै आफ्नो यात्रामा सफलता भेटेकी छैनन् । मोडलिङमा पर्फेक्ट एन्जलले फिल्ममा प्रवेश त गरिसकेकी छिन् । तर, त्यो यात्रालाई कसरी अगाडि बढाउँछिन् ? त्यो भने हेर्न बाँकी छ । बाहिरी सुन्दरता झैँ अभिनयमा पनि सुन्दरता ल्याउन प्रयत्नशील एन्जलले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : १४ बजे

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम