अफगानिस्तानको मस्जिदमा गराइएको बम आक्रमणको राष्ट्रसंघद्वारा निन्दा « Khabarhub

अफगानिस्तानको मस्जिदमा गराइएको बम आक्रमणको राष्ट्रसंघद्वारा निन्दा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको ‘घातक विस्फोट’ को निन्दा गरेको छ । विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा सर्वसाधारणलाई निशाना बनाई भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो ।

संयुक्त राष्ट्रसंघको समाचारका निकाय युएन न्युजका अनुसार स्थानीय अस्पतालहरूले धेरै हताहतिको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन् ।

गैर सरकारी संस्थाद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियो, जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

‘रमजानको पवित्र महिनाको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार हो जो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’ अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘आफ्नो दैनिक रोजीरोटी, प्रार्थना, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो’ उनले थपे ।

यसअघि बिहीबार उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको थियो । घटनामा अरु १५ जना घाइते भएका थिए ।

अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानूनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक