नेपाली कांग्रेस धोकेबाज पार्टी हो: राप्रपा  « Khabarhub

नेपाली कांग्रेस धोकेबाज पार्टी हो: राप्रपा 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् ।

राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर पनि अहिले सहमति भंग गरी धोका दिएको जनाइएको छ ।

१४ मंसिर ०७६ मा सम्पन्न प्रदेश सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई राप्रपाले सहयोग गरेको र उक्त सहयोग गरेवापत चाँगुनारायण नगरपालिकामा राप्रपाले नगर प्रमुखसहित चार वडा र नेपाली कांग्रेसलाई उपप्रमुखसहित पाँच वडा बाँडफाँट गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको थियो । ८ मंसिर ०७६ मा दुई पार्टीबीच भएको सहमतिलाई नेपाली कांग्रेसले एकतर्फी भंग गरेको राप्रपाको आरोप छ ।

राप्रपाले सहमतिपत्र पनि सार्वजनिक गरेको छ। सहमतिपत्रमा दुवै दलका केन्द्रीय प्रतिनिधिसहित सात जनाले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसकोतर्फबाट उपसभापति विमलेन्द्र निधि र राप्रपाकोबाट उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेतलगायतले हस्ताक्षर गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमा समेत छलफल भए पनि त्यसको कार्यान्वयन जिल्ला तहबाटै नभएको बताए । उनले ती सहमतिलाई राप्रपाले अक्षरश पालना गरेको तर कांग्रेसले सबै बुँदा पालना नगरेको समेत बताए । उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालीन समयमा कांग्रेसका भडेँल जित्नै नसक्ने ठोकुवा गरे ।

राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले कांग्रेसमाथि गरेको लगनीको ब्याजसहित तिर्नुपर्ने बेलामा दिएको धोखाले कांग्रेसलाई नै हानी पुग्ने बताए । उनले पार्टीले धोका दिए पनि कांग्रेस समर्थक मतदाताहरूले धोका नदिने दाबी गरे ।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले कांग्रेसको नियतमा खोट रहेको बताए । कांग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सो सहमति पार्टीले भंग गरेकोले कांग्रेस कार्यकता र समर्थकहरूलाई सहमतिपत्र देखाएर धोका दिने कांग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : १५ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी