जुम्लामा माओवादीको घोषणा पत्र : युवायुवतीलाई रोजगारको ग्यारेन्टी « Khabarhub

जुम्लामा माओवादीको घोषणा पत्र : युवायुवतीलाई रोजगारको ग्यारेन्टी


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा माओवादी केन्द्र जुम्लाले घोषणा पत्र सार्वजनिक गरेको छ ।

 उक्त घोषणा पत्रमा युवा र युवतिलाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विगत वर्षदेखि विकास निर्माणमा खर्च गरिने सम्पूर्ण रकम रोजगारका लागि खर्च गरिने प्रतिबद्धता जनाएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले भने,’सबै स्थानीय तहमा रहेका बेरोजगार युवा युवतीलाई रोजगारको ग्यारेन्टी गरिने छ । हाल विकास निर्माणसँग रोजगारलाई जोडिने नीति लिइरहेको अवस्थामा आगामी दिनमा रोजगारसँग विकास निर्माण जोडिने नीति लिइने छ ।’


रोजगारी दिइएका सम्पूर्ण युवा युवतीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन क्षेत्र, वातावरण सरसफाइ सबै स्थानीय तह र नागरिकको सुरक्षाका साथै सामाजिक कार्यमा लगाइने छ । 

वडा सदस्यदेखि गाउँपालिका नगरपालिका अध्यक्षसम्म र रोजगारी दिइएका सम्पूर्ण जनशक्तिको तलब भत्ता समान रहने छ । रोजगारी दिइएका व्यक्तिको क्षमता अनुसार कामको जिम्मा दिइने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ । गाउँपालिका नगरपालिकाका अति आवश्यक रहेका ठूला निर्माणका कामहरूको लागी प्रदेश र संघीय सरकार को सहयोग लिइने बताइएको छ ।

रोजगारीमा २० वर्षदेखि ६० वर्षभित्र रहने

रोजगारीमा खटिने व्यक्तिको उमेरको हकमा २० वर्षदेखि ६० वर्षभित्र रहने छ । विभिन्न शीर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिको हकमा उनीहरूलाई रोजगारी वा जीवननिर्वाह भत्ता मध्य एउटा रोज्न दिइने छ ।

व्यक्तिको क्षमता अनुसार काम दिइने

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महतले रोजगारीको समय अवधि एक वर्षको हुने बताए । रोजगारी दिइएका व्यक्तिलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सबै घरपरिवारलाई हुने छ ।

माओवादी केन्द्रका उम्मेदवारको प्रतिबद्धता पत्र

विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात् गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Avatar

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ०८ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी