बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा | Khabarhub Khabarhub

बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– बाँके-शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका– ८स्थित चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 

उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
शनिवार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका थिए । यो सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको १६ औं शाखा हो । मार्टको शुभारम्भ गर्दै केन्द्रिय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिल्ने बताए ।

यस अगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्युरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराहीमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ । 

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् ।

यसका अलवा महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकाको रहेको चाँदनी चोक पछिल्ला केही वर्षयता व्यवसायीक केन्द्रका रुपमा विकास भइरहको छ । त्यसैले पनि यो सहकारीले यहाँ गार्डेन मार्ट सहित आफ्नो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही