बजार अनुगमनमा वाणिज्य विभागको सक्रियता | Khabarhub Khabarhub

बजार अनुगमनमा वाणिज्य विभागको सक्रियता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना, विभिन्न बहानामा अस्वाभाविक मूल्य वृद्धि र प्रतिबन्धित सामग्रीको बिक्री तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छित क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारबाही गर्ने  चेतावनी दिएका छन् ।

उनले हाल दैनिक कम्तिमा ४ वटा अनुगमन टोलीले बजार अनुगमनको काम गरिरहेको र  गलत कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम सजाय तथा जरिवाना हुने स्पष्ट पारेका छन् ।

महानिर्देशक शर्माले आम उपभोक्तालाई पनि कही कसैबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय तह, स्थानीय  प्रशासन, हेलो सरकार वा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिनसमेत अपिल गरे ।

विभागको अनुगमन टोलीले बजारमा ग्याँसको अभाव भएको जनगुनासोबारे नजिकबाट अनुगमन गरिरहेको र अनुगमनका क्रममा गएको एक सातामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कैफियत देखिएका ग्याँस डिपोहरूलाई कारबाही गरेको छ ।

त्यसमध्ये काठमाडौँ महानगरपालिका–३४ सहयोगी नगरको  डिपोलाई खरिद बिल नभएको, महानगरपालिका–३२ सुविधानगरको डिपोलाई बिल नभएको,  महानगरपालिका–२९ अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानून पालना नगरेको, अनुगमनमा असहयोग गरेको, चन्द्रागिरी नगरपालिका १५ र १४ मा अनुगमनका क्रममा खरिद बिल नदेखिएको साथै ललितपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको लगायतका कसुरमा कारबाही तथा जरिवाना गरिएको पनि विभागले जनाएको छ।

यसैगरी विभागले बिहीबार अनुगमनका क्रममा नेपालमा आयात प्रतिबन्धित इनर्जी ड्रिङ्स बिक्री वितरण गर्ने विभिन्न पसललाई समेत कारबाही गरेको छ ।

काठमाडौंमा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो। उनीहरूलाई तारेखमा राखेर थप छानबिन भइरहेको महानिर्देशक शर्माले जानकारी दिए ।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटारलगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको थियो।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ बिक्री वितरणमा रोक लगाएको थियो।

विभागले गत चैत महिनामा पनि हार्डवेयर १३, खाद्यवस्तु २१, अन्य ६, तरकारी तथा फलफूल ५, किराना पसल ४, ग्यासका तीन, मार्ट/मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तिजन्यका दुईटा गरी एक सय ५० वटा फर्ममा अनुगमन गरेको थियो ।

त्यसैगरी जुत्ता चप्पलका एक, फर्निचर एण्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेकोमा ७४ वटालाई जरिवाना गरिएको र २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको महानिर्देशक शर्माले जानकारी दिए ।

त्यस्तै, ३० वटा फर्मलाई आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ।

यसअघि वैशाख ८ गते पत्रकार सम्मेलन गरी विभागले चालु आर्थिक वर्षको त्यस अवधिसम्म २१८७ व्यापारिक फर्महरूमा अनुगमन गरी कैफियत देखिएका १०१२ फर्मलाई कारवाही स्वरूप १ करोड १८ लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना गरेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ३५ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड